साधना लघुवित्तको नाफा २१ प्रतिशतले बृद्धि, अधिकांश सूचक चम्किदा इपिएस कति ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा सुधार देखिएको छ ।
कम्पनीले चालु आवको चैत मसान्तसम्ममा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तुलनामा २१.६१ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ७ करोठ ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा क्रमशः ३७.२१% र ३५.०३% ले बृद्धि भएको छ । चैत मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी २१ करोड ८९ लाख रुपैयाँ र संचालन नाफा १२ करोड ७२ लाख रुपैयाँ रहेको छ । यसकारण पनि संस्थाको नाफामा प्रगति देखिएको हो ।
त्यस्तै, यस अवधिसम्म संस्थाको चुक्तापुँजी ३२ करोड १२ लाख रुपैयाँ पुगेकोमा संस्थाले जगेडा कोषको आकार ६२.३५ प्रतिशतले बढाएर १५ करोड २७ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।
साथै संस्थाले सो अवधिसम्ममा १ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाको प्रतिशेयर आम्दानी भने घट्न पुगेको छ । यस अवधिसम्मा संस्थाको इपिएस १ रुपैयाँ ६ पैसा घटेर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ भने १०.९४ रुपैयाँ बढेर १४७.५५ रुपैयाँ पुगेको छ ।