नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको नगरपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न
१२ बैशाख २०७९, सोमबार १८:१६
काठमाडौं । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न्न गरेको छ ।
नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतलाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडि बढ्न चाहेको बैंकले जनाएको छ।
उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सूर्यबहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङ तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरको थियो ।