३४ अंकले घटेको शेयरबजारमा फाइनान्स र हाइड्रोपावरकाले गुमाए

१२ बैशाख २०७९, सोमबार १५:३५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा फेरी ओरालो लागेको छ । आज नेप्से परिसूचक ३४ अंकले घटेको छ । अघिल्लो दिन शेयरबजार एकाएक ९५ अंकले बढेपनि आज फेरी शेयरबजार ह्वात्तै घट्न पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको ५० लाख ४७ हाजरज ७६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँको कारोबार भएको छ ।

३४ अंकले घटेको शेयरबजारमा आज केही कम्नपीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक गुमाउनेमा सेन्ट्रल फाइनान्स रहेको छ । कम्पनीको शेयरमूल्य आज ५.३३ प्रतिशतले घटेको छ ।

त्यस्तै, रसुवागढी हाइड्रोपावरको ४.८० प्रतिशत, न्यादी हाइड्रोपावरको ४.७२ प्रतिशत, सामलिङ पावरको ४.४६ प्रतिशत र हिमालयन उर्जाको ४.३४ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*