म्युचुअल फण्डका इकाइधनीले आज सर्वाधिक कमाए

१२ बैशाख २०७९, सोमबार १५:२२

काठमाडौं । साताको दोस्रो दिनमा शेयर बजारले ओरालो यात्रा तय गरिरहेको छ । नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ ।T सोमबारबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर ८ सय ५८ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै, सिद्धार्थ एक्विटी फण्ड, एनआइपीएल प्रगति फन्ड, आरबीबी म्युचुअल फन्ड, समुदायिक लघुवित्त उत्थान, सनराईज म्युचुअल फन्ड, नेशनल हाईड्रोपावर, लक्ष्मी इक्विटी, एसबिएफल इक्विटी फन्ड २०८५ र सनराईज डिभेञ्चरका ईकाइधनीले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*