९ वाणिज्य बैंकहरुको सीडी रेसियोको व्यवस्था कार्यान्वयन, बाँकि १८ बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा

कुन बैंकको सीडी रेसियो कति ?
१२ बैशाख २०७९, सोमबार १२:४९

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १८ वटा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा पनि माथि पुग्दा ती बैंकहरू कर्जा लगानी नगर्ने अवस्थामा पुगेका हुन् ।

त्यस्तै, ९ वाणिज्य बैंकहरुले भने सीडी रेसियोको व्यवस्था कार्यान्वयन गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियो अधिकतम ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार यी वाणिज्य बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा कम नै छ ।

सबैभन्दा कम सीडी रेसियो हुने बैंकको अग्रस्थानमा प्रभु बैंक छ । प्रभु बैंकको सीडी रेसियो ८२.११ प्रतिशत छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको ८२.६९ प्रतिशत, एनआईसी एसियाको ८६.१८ प्रतिशत, सानिमाको ८७.२२ प्रतिशत, लक्ष्मीको ८७.२४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८८.१७ प्रतिशत, माछापुच्छ्रेको ८९.१३ प्रतिशत, एनसीसीको ८९.१४ प्रतिशत र सिद्धार्थ बैंकको ८९.७८ प्रतिशत सीडी रेसियो छ ।

तेस्रो त्रैमासको अवधिसम्मकम सबैभन्दा बढी सीडी रेसियो भएको बैंकको रुपमा प्राइम कमर्सियल बैंक देखिएको छ । यस बैंकको ९९.६२ प्रतिशत सीडी रेसियो छ । यस्तै, नेपाल एसबिआई बैंकको सीडी रेसियो ९५.३५ प्रतिशत छ ।

बैंक अफ काठमाण्डूको ९४.६७ प्रतिशत, मेगाको ९४.४५ प्रतिशत, सेञ्चुरीको ९३.५७ प्रतिशत, ग्लोबल आईएमईको ९३.०७ प्रतिशत, कृषि विकासको ९२.५१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ९२.४३ प्रतिशत सीडी रेसियो पुगेको छ ।
त्यस्तै, ९१ र ९० प्रतिशतको हाराहारीमा सीडी रेसियो हुने बैंकहरूमा सनराइज बैंक, हिमालयन, एभरेष्ट, कुमारी, नबिल, नेपाल बंगलादेश, सिटिजन्स, एनएमबी, नेपाल बैंक र सिभिल बैंक छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*