उन्नती सहकार्य लघुवित्तको ३० प्रतिशत बोनस शेयर हितग्राही खातामा
१२ बैशाख २०७९, सोमबार ११:४६
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।
कम्पनीले आफ्नो पुष २८ गते सम्पन्न भएको सातौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ३० प्रतिशत बोनस शेयर जम्मा गरिदिएको हो ।
कम्पनीले वैशाख ११ गतेदेखि अभौतिक रुपमा शेयर धारण गरेको शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर पठाएको हो । साथै संस्थाले कर वातपको रकम जम्मा गर्न समेत आग्रह गरेको छ ।
बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैले भुक्तानी गर्नुपर्ने भएको कारण सो वापतको रकम सिद्धार्थ बैंकको खाता नंं. ००१२०४६१७६९ नम्बरमा BONUSTAX/UNNATI/7778 को खाता नाममा जम्मा गरी भौचर स्क्यान गरेर [email protected] इमेलमा पठाउन संस्थाले आग्रह गरेको छ ।