आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा उच्च गिरावट

१२ बैशाख २०७९, सोमबार ११:२८

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ४ करोड ९२ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफामा गिरावट आएको हो ।

गत आवको सोही अवधिसम्ममा संस्थाले ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा यस आवमो संस्थाको नाफा ३७.१९ प्रतिशतले घटेको हो ।

त्यस्तै, यता नाफा घटेसँगै संचालन नाफा पनि ह्वात्तै घटेको छ । संचालन नाफा घटेकोले संस्थाको नाफा घट्न पुगेको हो । यस अवधिसम्ममा संस्थाको संचालन मुनाफा ४२ प्रतिशतले घटेर ६ करोड ९८ लाख ५१ हजा रुपैयाँ पुगेको छ । गत आावको यसै अवधिसम्ममा संस्थाको यस्तो नाफा १२ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । चैत मसान्तसम्मा संस्थाको खुद ब्याज आम्दानी ३२.३८ प्रतिशतले बढेर २६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि संस्थाको संचालन नाफा र खराब कर्जा बढेकाले खुद नाफामा सुधार आउन नसकेको हो ।

यस अवधिसम्ममा संस्थाको खराब कर्जा १.०७ प्रतिशतले बढेर ४.७२ प्रतिशतले पुगेको छ । जुन गत आवमा ३.४४ प्रतिशत मात्रै रहेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा संस्थाले १ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ४७ करोड १९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

साथै संस्थाको चुक्तापुँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार ५ प्रतिशतले बढाएर १३ करोड ५ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । त्यस्तै, संस्थाको वार्षिकी प्रतिशेयर आम्दानीमा उच्च गिरावट आएको छ । इपिएस १८ रुपैयाँले घटेर १७.८७ रुपैयाँमा सीमित हुन पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको इपिएस ३६.४२ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिशेयर नेटवर्थ पनि ७ रुपैयाँले घटेर १३५.५५ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*