ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख महत घुससहित पक्राउ

११ बैशाख २०७९, आईतवार १७:२२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङ मालपोत कार्यालयका अधिकृत लेखा पनेरु महतलाई नियन्त्रणमा लिएको छ । महतले १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले आज नियन्त्रणमा लिएको हो ।

कार्यालय प्रमुख महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस।रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका अधारमा आयोगले उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलिले निज महतलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला ताप्लेजुङ, फुङलिङ नगरपालिका वडा नंं ४ कोप्चेबाट आज नियन्त्रणमा लिएको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता श्याम प्रसाद भण्डारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*