संचालक निर्वाचित गर्दै सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

११ बैशाख २०७९, आईतवार १६:४७

काठमाडैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सम्पन्न भएको छ । उक्त सभा वैशाख ९ गते शुक्रबार हायात प्लेस, ताहाचल, काठमाडौमा सम्पन्न भएको हो ।

संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आव २०७६।०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको छ ।

साथै उक्त साधारण सभाबाट संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरु क्रमश ः अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, आर्थिक बर्ष २०७७।७८ को लागि लेखापरीक्षक सुशिल एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् सुशिल घिमिरे (एफ.सि.ए.)लाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको पूँजी बृद्धि गर्ने लगायत प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।

उक्त साधारण सभामा संचालक नीतु क्यालको स्वागत मन्तव्य र संचालक सदस्य किरण केसीबाट धन्यवाद ज्ञापन गरिएको थियो । सभामा कम्पनीका शेयरधनीहरु लगायत कम्पनीको प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक एवम् कर्मचारीहरुको उपस्थित रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*