एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
११ बैशाख २०७९, आईतवार १६:०४
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ६ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो दिन कायम ५७७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ५४४ रुपैयाँ ३४ पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा सोमबार कारोबार खुल्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख २१ गते साधारण सभा आह्वान गरेको छ ।