निर्वाचनको सुनिश्चिततासँगै शेयर बजारमा हरीयाली, ३० भन्दा बढी सूचीकृत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

११ बैशाख २०७९, आईतवार १५:२२

काठमाडौं । यो साता शेयर कारोबार हरीयालीमय भएको छ । नेप्से ९५।४६ अंकले बढ्दा साढे २ अर्बमाथिको शेयर कारोबार भएको छ । निर्वाचनको सुनिश्चिततासँगै सेयर बजारमा आज चमक देखिएको छ। आजदेखि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढेको छ।

आज तीन दर्जनभन्दा बढी शेयरमा हरीयाली छाएको छ । आज नेशनल हाईड्रोपावर, वेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट, जानकि फाइनान्स, अरुण भ्याली, मञ्जुश्री फाइनान्स, खानी खोला, घलेम्दी हाईड्रोपावर, युनिभर्सल पावर र हिमाल दोलखा पावरमन लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*