नन् ट्यारिफ बीमा दररेटबारे बीमा समितिको नेतृत्वमा भोलि बृहद छलफल हुँदै, आन्दोलनरत पक्ष र बीमक संघबीच छलफल हुने

११ बैशाख २०७९, आईतवार १२:२३

काठमाडौं । नन् ट्यारिफ बीमादरबारे नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादक संघले चर्को विरोध गर्दै आन्दोलन गरेपछि भोलि सर्वपक्षिय छलफल हुने भएको छ ।

बीमा समितिको नेतृत्वमा भोलि विहान ९ बजे हुन लागेको छलफलमा नेपाल निर्माण व्यवसायी महासंघ, स्वतन्त्र उर्जा उत्पादक संघ, अर्थमन्त्रालय, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमक संघका पदाधिकारीहरुका बीचमा छलफल हुनेछ ।

बीमा समितिले समस्या समाधानको लागि समस्या पर्ने निकाय सार्वजनिक खरिद अनुगमन कार्यालय, अर्थमन्त्रालय, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा बीमक संघका पदाधिकारी तथा पीडित पक्षहरु निर्माण व्यवसायी तथा स्वतन्त्र उर्जा उत्पादक संघका बीचमा छलफल हुन लागेको हो ।

बीमा समितिले भोलि हुने बृहद अन्तरक्रियाबाट समस्याको हल हुने विश्वास गरिएको छ । बीमा समितिले सर्वपक्षिय छलफलबाट समस्याको समाधान गर्न सकेमा दीर्घकालिन रुपमा हल हुने विश्वास लिइएको बीमा समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*