एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

११ बैशाख २०७९, आईतवार ११:१०

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि वैशाख १२ गते (सोमबार) बुकक्लोज को मिति तोकेकोले आज (आइतबार)सम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख २१ गते अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे साभारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*