नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिबीचको सम्बन्ध चिसियो, सिईओले माईक हुर्याउन खोजेपछि बिग्रियो सम्बन्ध !

११ बैशाख २०७९, आईतवार ०८:४०

काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी र नियामक निकाय बीमा समिति बीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीको व्यवहारका कारण बीमा समितिसँगको सम्बन्ध बिग्रन पुगेको हो ।

गत चैत्रको अन्तिम साता बीमा समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर कुमार रायमाझीले माईक हुर्याउन खोजेका थिए । बीमा समितिले पदीय मर्यादा कायम राख्न नसकेको भन्दै सिईओसँग लगभग सम्बन्ध बिच्छेद गरेको अवस्थामा पुगेको छ ।

चैत्र ३० गते बुधबार बीमा समितिको हलमा आयोजित कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका सिईओ रायमाझीले अशोभनीय व्यवहार देखाएपछि बीमा समितिले सौहार्दपूर्ण सम्बन्ध अन्त्य गरेको छ । सो दिन सिईओ रायमाझीको बोल्ने पालोमा माईक बिग्रिएको थियो । लगत्तै सिईओ रायमाझीले माईक नै झट्टी फाल्न खोजेका थिए । हातले माईक हुत्याईसकेकोमा अन्तिम अवस्थामा रोकिएका थिए ।

सो दिन सिईओ रायमाझीले हिमालयन रि इन्स्योरेन्स कम्पनीको पक्षमा बीमा समितिले काम गर्ने गरेको गम्भिर आरोप समेत लगाएका थिए । सरकारी कम्पनी डुबाउन नियामक निकायले बीमा समितिका अध्यक्ष तथा कर्मचारीहरु नै संलग्न हुँदै आएका छन् । बीमा समितिका कतिपय सञ्चालकहरु समेत सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीलाई डुबाएर हिमालयन रि नामक निजि कम्पनीमा सबै व्यापार पठाएर त्यसबाट कमिशन लिने उद्देश्यले सेटिङ गर्ने काम भइरहेकोछ ।

बीमा समिति नै निजि कम्पनीको एजेन्ट बनेर काम गर्न थालेपछि सिईओ रायमाझीले बीमा समितिका विरुद्धमा आक्रोसपूर्ण भाषण गरेका थिए । सोही घटनापछि अहिले बीमा समितिले नेपाल पुनर्बीमाका सिईओ सहभागी हुने कार्यक्रम बहिस्कार गर्ने नीति लिएको बुझिएको छ । बीमा समिति रिसाएको हिमालयन रिको पक्षमा काम गर्न नपाएर हो वा सिईओले माईक नै झटारो हान्न खोजेको विषय मध्ये कुन हो ? भन्ने विषयमा एकिन भइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*