२१ बीमा कम्पनीले तयार पारे पुँजिवृद्धिको कार्ययोजना, मर्जर र हकप्रद विशेष प्राथमिक

९ बैशाख २०७९, शुक्रबार १८:१८

काठमाडौं । बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा २१ कम्पनीहरुले योजना पेश गरेका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक महिनाभित्र क्यापिटल प्लान पेश गर्न समितिले निर्देशन बमोजिम कम्पनीहरुले उक्त प्रस्ताव पेश गरेका हुन् ।

जीवन बीमा कम्पनीहरु सूर्या, नेशनल, एशियन, महालक्ष्मी, मेटलाइफ, एलआईसी, सानिमा, सिटिजन, गुराँस र रिलायन्सले क्यापिटल प्लान पेश गरेका छन् । निर्जीवनतर्फ भने सानिमा, आईएमई, एभरेष्ट, प्रुडेन्सियल, नेको, लुम्बिनी, शिखर, नेपाल, सगरमाथा, अजोड, जनरलले यस्तो प्रस्ताव पेश गरिसकेको बीमा समितिले जनाएको छ । २१ कम्पनीहरुले मर्जर र हकप्रदलाई विशेष प्राथमिकताका राखेको समतिले जनाएको छ।

वैशाख १० गते शनिबार परेकाले ११ गतेसम्मका लागि समय थप गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताएका छन् । दुई दिन अघि मात्र २७ दिन बाँकि रह्दा चार वटा बीमा कम्पनीहरुले पुँजीवृद्धि योजना समितिमा पेस गरेका थियो । दुई दिनमै यति आधा दर्जन भन्दा बढी कम्पनीहरुले क्यापिटल प्लान समितिमा पेश गरेको छ।

बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो।

नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन् । केही दिन मात्र पुँजि पुराउने दिन बाँकि रह्दा पनि २१ कम्पनीले मात्र समितिमा क्यापिटल प्लान पेश गरेका हुन् ।

समितिले कम्पनीहरुले क्यापिटल प्लान पेश गरेका पुँजीवृद्धिका योजनाहरु अध्ययन गर्ने र सो अनुसार अध्ययन गरि मर्जर वा पुँजिवृद्धिको विकल्पमा जान सक्ने बिषयमा अध्ययन गरि सोहि अनुसार निर्देशन दिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*