सिभिल क्यापिटलले ल्यायो अफर, निःशुल्क डिम्याट खाता खोल्न पाइने

९ बैशाख २०७९, शुक्रबार १६:३६

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले आफ्नो ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै अफर ल्याएको छ ।

क्यापिटलले अर्को सूचना नगरेसम्मका लागि २०७९ आसााढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिस्ट्रेसन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरेको छ । डीपी विभाग प्रमुख मणिराज काफ्लेका अनुसार मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिनेछ ।

त्यसैगरी पीएमएस÷कर्पोरेट एड्भाइजर सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलेले बताए । पीएमएस÷कर्पोरेट एड्भाइजर सेवामा मिति २०७९ असार मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ वर्षदेखि सेवारत संस्थाले प्राथमिक सेयर निष्कासन (आईपीओ), निक्षेप सदस्य (डीपी), लगानी व्यवस्थापको कार्य (पीएमएस), सेयर प्रत्याभूति (अन्डराइटिङ) र संस्थागत परामर्श सेवालगायत पुँजीबजारसम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ । हालसम्म ३० वटा आईपीओ, ३५ वटा आरटीएस, ३२ वटा हकप्रद र २० वटा सेयर लिलामीका लागि विभिन्न कम्पनीहरुसँग सहकार्य गरिसकेको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*