सिन्धु विकास बैंक र युवा स्वरोजगार कोषबीच कर्जा लगानी सम्बन्धी सम्झौता

९ बैशाख २०७९, शुक्रबार १३:३४

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच वैशाख ८ गते कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक श्री विश्व मोहन अधिकारी तथा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम कुमार गिरीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अन्तर्गत सिन्धु विकास बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ बर्ष देखी ६० वर्ष उमेर समूहका वेरोजगार युवा युवतीहरुलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा ब्यापार ब्यवसाय वृद्धि गर्न प्रतिब्यक्ति २ लाख रुपैयाँ तथा समुहगत प्रति समुह अधिकत ३० लाख रुपैयाँसम्म सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनेछ ।

युवा स्वरोजगार कार्यक्रम अन्तरगत कोषले बैंकलाई वार्षिक ४ प्रतिशतका दरले कर्जा प्रदान गर्नेछ भने यस बैंकले ईच्छुक वेरोजगार युवा युवतीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महिना अवधिको लागी कर्जा उपलब्ध गराउने छ ।

कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुबैको बैंक मार्फत विमा समेत गरी दिने व्यवस्था रहेको छ । साथै कर्जाको सांवा तथा व्याज समयमै तिर्ने असल ऋणीहरुलाई तिरेको व्याजको ६० प्रतिशतसम्मको रकम कोषले अनुदान फिर्ता समेत गरि दिनेछ ।

बैंकले आफ्नो कार्यक्षेत्र भित्र रहेका सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाका २४ वटा शाखा कार्यालयहरु मार्फत उक्त कर्जा लक्षित बर्गमा प्रवाह गर्ने जनाएकोछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*