छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत
९ बैशाख २०७९, शुक्रबार १२:४९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले २०७८ साल माघ ११ गतेदेखि फागुन २ गतेसम्म निष्काशन गरी बाँडफाँड गरेको ३० प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सो प्रतिशत दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि उक्त शेयर नेप्सेमा कारोबार गर्न पाइनेछ ।
कम्पनीले गत वर्ष माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा रुपैयाँ अंकित मूल्य दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।