आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,अधिकृत पूँजी बृद्धि र लाभांश प्रस्ताव पारित

९ बैशाख २०७९, शुक्रबार १२:१३

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीबाट प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

सभाले कम्पनीको अधिकृत पूँजी बृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउने विशेष प्रस्ताव पारित गरेको छ । सभामा कम्पनीले आव २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा समेत पारित गरेको छ ।

सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशत भन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा छ । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था छ । रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेको जानकारी गराएका छन् ।

सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको छ । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको व्यहोरा सहर्ष जानकारी गराएका थिए) ।

कम्पनीको व्यावसायमा भएको विस्तार सँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पूंजी २.५० अरब पुयाउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन वमोजिम पूंजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिंदैे हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएको हुनाले उल्लेखित बोनस शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने व्यहोरा जानकारी गराएका थिए । कम्पनीले २४औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराएका थिए ।यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्नुभयो । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराएका थिए ।

बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पुयाउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेका छौँ । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको जानकारी गराउनुभयो । आगामी दिनहरुमा शाखा विस्तार भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढी रहेको । आ.ब. २०७६/७७ मा रु. १ अरब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु.१ अरब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराउनु भयो भने चालु आ.ब.को चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराएका थिए ।

सिइओ श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पुयाउनको लागि ७ वटै प्रदेशहरुमा शाखा विस्तार गरेको पनि जानकारी गराएका थिए ।

कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत बीमा समितिबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउंदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारमा विशेष ध्यान दिंदै डिजिटलमा विषेश ध्यान दिएको बताए ।

अन्तमा संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको २४औँ बार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिप्रति धन्यवाद व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*