युनियन हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

९ बैशाख २०७९, शुक्रबार ११:४५

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाडेको छ । कम्पनीले विशेष साधारण सभा वैशाख २३ गते बस्नेगरी आह्वान गरेको हो ।

कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धोबिघाट, ललितपुरमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा कम्पनीको प्रवन्धपत्रको दफा ६ (क) र (ख) संशोधन गर्ने, सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा स्वीकृत तथा नयाँ सञ्चालकको नियुक्ति गर्ने रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*