रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी हस्तान्तरण

९ बैशाख २०७९, शुक्रबार ११:४२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फपिङ उपशाखाले उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको मृतक ४२ वर्षिय स्वर्गिय राम श्रेष्ठ ले २ वर्ष अघि ३ लाख को मेरो मुटु बाल जिवन बीमा योजना लिएको थियो ।

उनको केही समय अघि अकस्मात मृत्यु भएको थियो, त्यस बापत अहिले उनको धर्मपत्नि सम्झना श्रेष्ठ ले तुरन्तै ३ लाख र हरेक महिना ३ हजार को दरले बीमा अबधि समाप्ती सम्म उनको छोरी श्रृष्टी श्रेष्ठले प्राप्त गर्नेछ र अबधि समाप्त भए पश्चात ३ लाख र बोनस फेरी प्राप्त गर्नेछ।

कम्पनीका क्षेत्रिय प्रबन्धक रामेश्वर श्रेष्ठले चेक हस्तान्तरण गरेको थियो। निबर्तमान शाखा प्रमुख रोशनी बलामी लगायत स्थानियहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*