चालु आवको तेस्रो त्रैमाससम्ममा प्रोगेशिभ फाइनान्सको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले चालू आवको चैत मसान्तसम्ममा १ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार फाइनान्सको नाफा घटेको छ ।
कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५५ प्रतिशत घटेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा १० प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १० करोड १४ लाख रुपैयाँ पुगेको हो । कम्पनीको चुक्ता पूँजी .८० करोड रुपैयाँ रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा ६ करोड ४१ लाख रुपैयाँ, रिटेण्ड अर्निङमा २ करोड ४९ लाख रुपैयाँ र शेयर प्रिमियममा ७१ लाख २४ हजार रुपैयाँ सञ्चित गरेको छ ।
त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २.०१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५५.० १ गुणा र प्रतिशेयर नेटवर्थ ११२.०३ रुपैयाँ रहेको छ ।