आइपीओ निष्काशन प्रस्तावसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

९ बैशाख २०७९, शुक्रबार १०:५९

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २५ गते बस्नेगरी आह्वान गरेको हो ।

उक्त बैठकको निर्णयअनुसार सभा वैशाख २५ गते होटल हुकुम दरबार, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

उक्त सभाले कम्पनीको पूँजी बृद्धि गरी अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ३ अर्ब पुर्याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्नेछ ।

साथै पूँजी बृद्धि भए बमोजिम सर्वसाधारणलाई छुट्याइएको शेयर सार्वजनिक निष्काशन गर्ने बारे प्रस्ताव गर्नेछ । त्यस्तै अन्य लाइफ इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्न।गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा एक आपसमा गािभने सम्बन्धि आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

उक्त साभारण सभामा भाग लिनका लागि शेयरधनीले वैशाख २२ गते बिहान ११ बजेसम्म कम्पनीको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा दर्ता गराउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*