लक्ष्मी बैंकको दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा
८ बैशाख २०७९, बिहीबार १४:३५
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना दुई नँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।उक्त एक्स्टेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् ।
यी एक्स्टेन्सन काउन्टरहरूको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।