नेपाल निर्माण व्यवसायी महासंघद्धारा बीमा समितिमा धर्ना

बीमासम्बन्धी निर्देशिक २०७८ लगायतका प्रावधान संशोधन तथा खारेज गर्न माग
८ बैशाख २०७९, बिहीबार १३:२३

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज बीमा समितिको कार्यालयमा धर्ना दिएका छन् । बीमासम्बन्धी जारी गरिएको निर्देशिक २०७८ लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थपसहित अन्य विषयका समस्या समाधानका लागि धर्ना दिन समितिमा आज धर्ना बसेको हो ।

आफ्नो मागका विषयमा सरोकारवाला निकायहरुलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्था गरेको कारणले बाध्यता भएर आन्दोलनमा उत्रिनु परेको महासचिव रोशन दाहालको भनाई छ ।विश्वव्यापी मान्यताविपरीत बिमासमितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि भनेर जारी गरेको निर्देशिकाप्रति महासंघले विरोध जनाउँदै आईरहेको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने सोमबार नेपाल निर्माण व्यवसायी महासंघ छलफलको लागि पत्र पठाईसकेको बताएपनि आफनो मागहरुमा अडिग रह्न र चाडौ माग संसोधन गर्न माग गर्दै धर्ना बसेको महासंघले जनाएको छ ।

निर्देशिकामा विमित बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि वीमितले बीमकबाट क्षतिपूिर्र्त दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न अव्यावहारिक सर्तहरु राखिएको महासंघले जनाएको छ ।
यसले अहिले नै बीमितले बीमाबापतको दाबी भुक्तानी नपाइरहेको अवस्थामा अबका दिनमा प्रिमियम मात्रै तिर्नुपर्ने तर दाबी भुक्तानी नपाउने भएर बीमक र वीमितबीचमा चर्को बैमनश्यता र तनाब उत्पन्न गर्ने महासंघको ठहर छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*