१६ वाणिज्य बैंकहरुको खुद मुनाफा बढ्यो, सेञ्चुरी बैंक वृद्धिदरमा सबैभन्दा अगाडि

८ बैशाख २०७९, बिहीबार ११:१४

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा अधिंकाश बैंकहरुको खुद नाफामा वृद्धि आएको तथ्यांकले देखाएको छ।यस त्रैमाससम्ममा वाणिज्य बैंकले ५१ अर्ब १ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकहरुले ५० अर्ब ७४ करोड खुदनाफा गरेका थिए ।

१६ वाणिज्य बैंकको बढ्यो

२७ वटा वाणिज्य बैकहरुमध्ये १६ बैंकले नाफा बढाउन सफल भएका छन् । त्यस्तै, ११ बैंकहरुको नाफामा गिरावट आएको छ। सर्वाधिक तीनमा नाफा कमाउन सफल भएको नबिल बैंकको नाफामा पनि यस बर्ष गिरावट देखिएको छ।

तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमईले गरेको छ भने सर्वाधिक नाफा वृद्धि गर्नेमा भने सेञ्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।
त्यस्तै, सिभिल, नेपाल एसबीआई, स्टान्डर्ड चाटर्ड, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, माछापुच्छ«े बैंक, एनआईसी एसिया बैंक, सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंकको खुद नाफा बढेको छ ।

 

ग्लोबल आईएमई बैंकको नाफा सबैभन्दा बढी

यस त्रैमासको अवधिसम्ममा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले मुनाफा आर्जन गर्न सफल भएको छ। र बैंकले तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७२ करोड रुपैयाँ खुदनाफा गर्न सफल भएको छ ।
बैंकले गत वर्ष यसै अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँ खुदनाफा गरको थियो । दोस्रोमा एनआईसी एसिया बैंक रहेको छ । एनआईसी एसियाले ३ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको छ ।
तेस्रोमा नबिल बैंक रहेको छ । नबिलले तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको छ । नबिल नाफा धेरै गर्नेको तेस्रो नम्बरमा देखिए पनि पनि गत वर्षको सोही अवधिको तुलनामा भने घटेको छ ।
तेस्रो त्रैमासमा लक्ष्मी बैंकले सबैभन्दा कम ८५ करोड रुपैयाँ मात्र नाफा गरेको छ । त्यस्तै, बैंक अफ काठमाण्डूले ८७ करोड र सिभिल बैंकले ९० करोड खुदनाफा गरेको छ । १ अर्ब रुपैयाँ कम नाफा गर्नेमा यी तीन बैंक मात्र रहेका छन् भने नबिल, ग्लोबल र एनआईसी एसियाले ३ अर्ब रुपैयाँ बढी नाफा गरेका छन् । ७ बैंकले २ अर्ब रुपैयाँ बढी खुदनाफा गरेका छन् भने १४ बैंकले १ अर्ब रुपैयाँ बढी नाफा गरेका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका २७ वाणिज्य बैंकमध्येका ११ बैंकको नाफमा घटेको छ । नबिल बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक र लक्ष्मी बैंकको खुदनाफा घटेको छ ।

सर्वाधिक नाफा वृद्धि गर्नेमा सेञ्चुरी

वाणिज्य बैंकहरुले प्रकाशन गरेके वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा सबैभन्दा मुनाफाको वृद्धिदरको आधारमा अगाडि रहेको बैंक सेञ्चुरी कमर्सियल बैंक रहेको छ । नयाँ सिईओको नियुक्तसँगै बैंकको वृद्धिदरमा समेत सुधार आएको छ । बैंकले गत वर्षको तुलनामा सर्वाधिक नाफा बढाउन सफल भएको छ ।
गत वर्षसम्म नाफा गर्नेहरुको पुच्छरमा रहेका सञ्चुरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा १९३.५९ प्रतिशतले नाफा बढाएको छ । गत वर्षको तेस्रो त्रैमासमा ३५ करोड रुपैयाँ मात्र नाफा गरेको बैंकले यस अवधिमा नाफा बढाएर १ अर्ब १ करोड रुपैयाँ पुर्याएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*