सिभिल लघुवित्तको नाफा ९ प्रतिशतले बृद्धि, अन्य सूचकमा सुधार आएपनि इपिएस घट्यो

८ बैशाख २०७९, बिहीबार ११:०५

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड २८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको विवरणअनुसार संस्थाको नाफा ९.६२ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

साथै यसै अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५०.९१ प्रतिशतले बढेर १७ करोड ६४ लाख ७ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा १५.३८ प्रतिशतले बढेर ८ करोड १३ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड ६८ लाख रुपैयाँ र संचालन नाफा ७ करोड ५ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै लघुवित्तको नाफामा सुुधार आएको हो ।

समिक्षा अवधिसम्ममा लघुवित्तले ९३ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै रिजर्भको आकार समेत ९.२४ प्रतिशतले बढाएर १२ करोड ३३ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

यस अवधिसम्ममा लुघवित्तको चुक्तापूँजी २८ करोड ८१ लाख रुपैयाँ रहेकोमा वार्षिकी प्रतिशेयर आम्दानी ३.०२ प्रतिशतले घटेर २४.४४ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १४१.६६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*