गुडविल फाइनान्सको खुद नाफा २६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ११ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६।१५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १५ करोड ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेपछि फाइनान्सको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३३।५६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २८।४९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा २ प्रतिशतबाट बढेर ३।५६ प्रतिशत पुगेको छ।
खुद नाफा घटेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ७ रुपैयाँ ४६ पैसा घटेर १५ रुपैयाँ ६२ पैसामा झरेको छ।समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ९।१० प्रतिशत बढेको छ भने जगेडा कोष ६।९८ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको निक्षेप ३।६४ प्रतिशत बढेको छ भने कर्जा ११।४३ प्रतिशत बढेको छ।