आरएसडिसी लघुवित्तको खुद मुनाफा २४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
८ बैशाख २०७९, बिहीबार १०:४३
काठमाडौं । आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ५६ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४.६५ प्रतिशत बढेर ९ करोड ४३ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.७६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३३.६४ प्रतिशत र सञ्चालन मुनाफा २४.३४ प्रतिशत बढेको छ।जगेडा कोष २१.९६ प्रतिशत बढेको छ। लघुवित्तको सापटी २५.४५ प्रतिशत र कर्जा ४५.२२ प्रतिशत बढेको छ।
चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ रहेको छ।