आशा लघुवित्तको खुद मुनाफा बढ्यो, खुद ब्याज आम्दानी ?
काठमाडौं । आशा लघुवित्तले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।यस त्रैमाससम्ममा लघुवित्तको खुद नाफा वृद्धि भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १० करोड ६७ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२.४१ प्रतिशत बढेर १२ करोड १४ हजार रुपैयाँ पुगेको छ।खुद ब्याज आम्दानी बढेपनि सम्भावित जोखिम बापतको व्यवस्था उल्लेख्य बढ्दा खुद नाफामा केही दबाब पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २५.०२ प्रतिशत र सञ्चालन मुनाफा १३.०७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ७ लाख रुपैयाँ छुट्याएको छ।
समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ३७ पैसा घटेर ४७ रुपैयाँ ९२ पैसामा झरेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ४२.२३ प्रतिशत बढेको छ। लघुवित्तको सापटी ३२.९१ प्रतिशत, निक्षेप ३७.९३ प्रतिशत र कर्जा ३७.७७ प्रतिशत बढेको छ।
चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी २७.७५ गुणा रहेको छ।