नेपाल निर्माण व्यवसायी महासंघले भोलि बीमा समितिमा धर्ना दिने
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भोलि बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिने भएको छ । अप्रत्यासित अत्याधिक रूपले भएको मूल्यवृद्धि, सार्वजनिक खरिद (११औं संशोधन) नियमावली २०७८ मा भएको त्रुटि सच्याउन, बीमासम्बन्धी जारी गरिएको निर्देशिक २०७८ लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थपसहित अन्य विषयका समस्या समधानका लागि धर्ना दिन थालिएको महासंघका महासचिव रोशन दाहालले बीमापोष्टलाई बताए ।
महासंघले बिहीबार ११ बजे सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल र १ बजे बीमा समिति कुपण्डोलमा धर्ना दिने गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आफ्नो मागका विषयमा सरोकारवाला निकायहरुलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्था गरेको कारणले बाध्यता भएर आन्दोलनमा उत्रिनु परेको महासचिव दाहालको भनाई छ ।
विश्वव्यापी मान्यताविपरीत बिमासमितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि भनेर जारी गरेको निर्देशिकाप्रति महासंघले विरोध जनाउँदै आईरहेको थियो ।बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने सोमबार नेपाल निर्माण व्यवसायी महासंघ छलफलको लागि पत्र पठाईसकेको बताएका छन् । सहमतीमा नै मागहरुबारे छलफल गर्ने पक्षमा बीमा समिति रहेको उनको भनाई छ । तर मंहासघमा भने बीमा समितिको भने कुनै पत्र नआएको महासचिव रोशन दाहाल बताँउछन् ।
निर्देशिकामा विमित बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि वीमितले बीमकबाट क्षतिपूिर्र्त दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न अव्यावहारिक सर्तहरु राखिएको महासंघले जनाएको छ ।
यसले अहिले नै बीमितले बीमाबापतको दाबी भुक्तानी नपाइरहेको अवस्थामा अबका दिनमा प्रिमियम मात्रै तिर्नुपर्ने तर दाबी भुक्तानी नपाउने भएर बीमक र वीमितबीचमा चर्को बैमनश्यता र तनाब उत्पन्न गर्ने महासंघको ठहर छ ।