नेशनल लाइफको ‘गोसाइकुण्ड हेली टुर प्रोत्साहन योजना’ मा पर्न सफल अभिकर्तालाई सम्मान

७ बैशाख २०७९, बुधबार १४:४९

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको काठमाडौ शाखाद्वारा ‘गोसाइकुण्ड हेली टुर प्रोत्साहन योजना’ मा पर्न सफल अभिकर्ताहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मानित गरिएको छ ।एक बिशेष समारोहको बीच नेशनल लाइफ इन्स्योरेन्स कम्पनिका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कम्पनीले फागुन , चेत्र महिनालाइ लक्षित गरि ल्याइएको अभिकर्ता प्रोत्साहन कार्यक्रम अन्तर्गत गोसाइकुण्ड हेली टुर जित्न सफल (ब्यवसाय प्रबन्धक)अभिकर्ताहरु भगवान पाण्डे,केशव प्रसाद भट्टराइ, बिमला खरेल,पुरुषोत्तम राज पाण्डे प्रतिमा बिडारी तथा केपी अधिकारी सम्युक्त रुपमा , छविलाल श्रेष्ठ,भरत प्रसाद दुलाल, मंजुश्री धौभडेल अमिर महर्जन तथा निलु महर्जन सम्युक्त रुपमा नैन बहादुर खत्री लगायत लाइ रुक्मिणी शर्मा ,बन्दना लम्साल ,चक्र प्रसाद जोशी लगायत तथा क्षेत्रीय प्रबन्धक सुमोद थापाले क्रमशः टिका,फूल ,खादा तथा प्रमाण पत्र बितरण गर्दै उत्साह प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित सहभागिहरुलाइ कम्पनीको काठमाण्डौ शाखा प्रमुख जयराम धितालद्वारा स्वागतमन्तब्य व्यक्त गर्दै नयां बर्ष अन्तर्गतको बसन्त उत्सव प्रोत्साहन योजना २०७९ का बारेमा बिस्तृत जानकारी गराउंदै कम्पनीले अभिकर्ता हरुलाई निरंतर रुपमा प्रोत्साहित गर्दै अघि बढ़्ने जानकारी गराएका छन् ।

सम्मानित हुने सहभागी हरुको तर्फबाट केपी अधिकारीले अभिकर्ता हरुले आफ्नै सुकर्मको समाजमा छरिएर रहेको पूंजीलाइ एकत्रित गरि देश बिकाशको मूल प्रवाहमा समाहित गराउन अहम् भूमिका निभाउने अभिकर्ता हरु बास्तविक रुपमा बीमा क्षेत्रका बलिया पिल्लर हुन् ।

बेला बेलामा आयोजना गरिने यस्ता उत्साहप्रद कार्यक्रमले अभिकर्ता र कम्पनि दुवैको लक्षित योजना पुरा हुने बिचार ब्यक्त गरेका छन् । यसै क्रममा अर्का बिजेता सहभागी भरत प्रसाद दुलालले निरंतर कर्म गरिरहने हो भने हर कोहीले निश्चित लक्ष हासिल गर्न सकिने बिचार ब्यक्त गर्दै यो जितको खुशियाली तमाम समादरणीय महानुभावहरु लाइ बंढ्न पाउदा अत्यन्त खुशी लागेको बताएका छन् ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै कम्पनिका स. क्षेत्रीय प्रबंधक सुमोद थापाले यस्ता कार्यक्रमले बीमा क्षेत्रमा कर्म गरिरहेका अभिकर्ता हरुको उत्शाहबृद्धि हुनुका साथै चेतना अभिबृद्धी गर्नमा सघाउ पुर्याउँदै बीमामा सर्वसाधारणको सहज पहुंच पुर्याउन मद्धत गर्नेछ ।३० जना सहभागी रहेको उक्त कार्यक्रममा सहभागीहरुले उत्साहप्रद यस्ता कार्यक्रमले लाभान्वित भएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*