खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै एनएमबी बैंकको नाफा बढ्यो

७ बैशाख २०७९, बुधबार १३:०५

काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

बैंकले आज प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ५.९९ प्रतिशतबले बढेको हो ।

चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २.७४% र ४.६४% ले बढेको छ । यसले गर्दा बैंकले थोरैले भएपनि नाफा बढाउन सफल भएको छ । सो प्रतिशतले बृद्धि भई बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ र संचालन मुनाफा ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा भने ४१.६१% ले घटेर १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन १२.४३% र कर्जा लगानी १७.४२% ले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०१ पैसाले बढेर १९ रुपैयाँ ३५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २१ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*