राष्ट्र बैंकका गभर्नर अधिकारी नियमित काममा फर्किए

७ बैशाख २०७९, बुधबार १०:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजारदेखि नियमित काममा फर्किएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन् ।

अर्थतन्त्र विषम् परिस्थितिमा पुगेका बेला अर्थमन्त्री जनार्दन शर्माले गभर्नरमाथि नियोजित आक्रमण गरेका थिए । उनको कदमलाई लिएर सत्तासीन दलभित्रै चर्को आलोचना भएको थियो । सरकारको कदमपछि अधिकारी पनि न्याय माग्दै सर्वोच्च पुगेका थिए ।

अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका छन् । उनलाई गत चैत्रत २४ गते बसेको मन्त्रिपरिषल् बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*