माछापुच्छ्रे बैंकको नाफा २० प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

७ बैशाख २०७९, बुधबार १२:४२

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको उक्त विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ ।

बैंकले यस अवधिसम्म १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा २०.२४ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा बैंकले १ अर्ब २९ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफामा सुधार देखिएको हो ।

खुद ब्याज आम्दानी १३.९०% ले बढेर ३ अर्ब ६० करोड २८ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १८ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा १४.३२% ले बढेर २ अर्ब २२ करोड ३२ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिसम्ममा बैंकले १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब १७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै यसै अवधिसम्ममा बैंकले जगेडा कोषको आकार २४ प्रतिशतले बढाएर ३ अर्ब २० करोड ९८ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

चैत मसान्तसम्म बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ रहेकोमा प्रतिशेयर आम्दानी ३.३९ रुपैयाँ बढेर २०.१७ रुपैयाँ पुगेको छ । साथै बैंकको प्रतिशेयर नेटवर्थ पनि ४० पैसा बढेर १३९.७० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*