उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट, २४ लाख ९ हजार जनाको भने हात खाली

७ बैशाख २०७९, बुधबार १२:०७

काठमाडौं । उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । लघुवित्तको बक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

लघुवित्तको शेयरमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २२ हजार ११५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २४ लाख ९ हजार जनाको भने हात खाली हुनेछ ।

यसमा कुल २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*