नेपाल लाइफ इन्स्योरेन्सले करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने

७ बैशाख २०७९, बुधबार ११:३७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी अनन्त कुमार गोल्याण र सुभाष चन्द्र संघईले आफ्नो नाममा रहेको ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

जसमध्ये अनन्त कुमारको मात्रै ५ लाख ९७ हजरा ९२१ कित्ता रहेको छ भने सुभाष चन्द्रको ४०० कित्ता शेयर रहेको छ ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा सम्पर्क गरी बोलपत्र पेश गर्न सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्ति वा संघ।संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*