शिखर इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड

७ बैशाख २०७९, बुधबार ११:२८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद रितपूर्वक बाँडफाँड सम्पन्न गरेको हो ।

सो हकप्रदमा आवेदन दिने २७ हजार ७१० जनालाई ५१ लाख ९७ हजार ८५१ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले १० कित्ता शेयर बराबर ३ कित्ता (१०ः३)को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर जारी गर्दा ७७ हजार ७२१ कित्ताको लागि आवेदन नपरेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

उक्त अवतरिक हकप्रद शेयर बोलकबोल मार्फत बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*