गरिमा क्यापिटलकोे आजीवन डिम्याट लगानी व्यवस्थापन सेवा शुल्कमा विशेष छुट
काठमाडौं । गरिमा क्यापिटलले आजीवन डिम्याट र मेरोशेयर खाता योजना तथा लगानी व्यवस्थापन सेवा शुल्कमा विशेष छुट ग्राहकहरुको हितलाई विभिन्न छुट सुविधा ल्याएको छ।
क्यापिटलको रु १,९९९ मा आजीवन डिम्याट र मेरोशेयर खाता योजना तथा लगानी व्यवस्थापन सेवा शुल्कमा विशेष छुट ग्राहकहरुको हितलाई मध्यनजर राख्दैनयाँ वर्ष २०७९ साल तथा हालसालै साविक के.सी.एल. अस्ट्यूट क्यपिटल लिमिटेड अझ विस्तारित भई गरिमा क्यापिटल लिमिटेडको नाममा कार्य शुभारम्भ गरेको यस विशेष योजनाहरु सार्वजनिक गरिएको हो ।
विशेष योजनाहरुः १. आजीवन हितग्राही तथा मेरोशेयर खात योजना ः यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु.१,९९९।– (अक्षरेपीः एक हजार नौ सय उनान्सय मात्र) भुक्तान गरी आजीवन हितग्राही खाता खोल्न÷नविकरण गर्न सक्ने क्यापिटलले जनाएको छ ।
यसबाट ग्राहकहरु वर्षेनी हितग्राही तथा मेरोशेयर खाता नविकरण गर्नुपर्ने झण्झटबाट मुक्त हुन सक्ने छ ।
ग्राहकहरुले यो सुविधा गरिमा क्यापिटल लिमिटेडको हात्तिसार, काठमाडौँ स्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंक लिमिटडका देशैभर फैलिएका शाखा कार्यालयहरु वा २. निःशुल्क अनलाईन हितग्राही तथा मेरोशेयर खाता
योजना ः यस योजना अन्तर्गत ग्राहकहरुले गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मो अप्सनमा क्लिक गरी पहिलो वर्षको लागि निःशुल्क हितग्राही तथा मेरोशेयर खाता खोल्न सक्नेछन् । यस योजना अन्तर्गत पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्क समेत लाग्ने छैन ।