समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
७ बैशाख २०७९, बुधबार ०७:३०
काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लिलामी शेयरमा आवेदन दिन इच्छुक आवेदकले आज बैंकिङ् समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।फाइनान्सले चैत २९ गतेदेखि हकप्रद शेयरमा अवतरितशेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको होे । उक्त शेयरको न्यूनतम मूल्य रू।१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । फाइनान्सको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।