नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

६ बैशाख २०७९, मंगलवार १७:५४

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । यस्तो आदेशसँगै गभर्नर अधिकारी राष्ट्र बैंकमा पुनर्बबहाली भएका छन् । सर्वोच्च अदालतल गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै थप छलफलका लागि बैशाख १३ गते उपस्थित हुन सरकारलाई आदेश दिएको छ ।

गत चैत २४ गते मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीमा कार्यक्षमताको अभाव भएको भन्दै जाँचबुझ गर्ने समिति गठन गरेपछि उक्त निर्णय उत्पे्रषणको आदेशले बदर गर्दै गर्भनरको रुपमा काम गर्न नरोक्न माग गर्दै अधिकारी सर्वोच्च अदालतमा पुगेका थिए । अधिकारीको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिश हरि प्रसाद फुयाँलले यस्तो आदेश दिएका हुन् । न्यायाधिश फुयाँल प्रम ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्याधिवक्ता थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*