एनआइबिएल एस क्यापिटलले ल्यायो आजीवन नविकरण छुट अफर, फण्डमा सहभागी ९ जनाले पाउने भए यस्ता सुविधा

६ बैशाख २०७९, मंगलवार १६:५८

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा अफर ल्याएको छ । क्यापिटलले वैशाख १ गतेदेखि असार १७ गतेसम्म मान्य हुनेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

कम्पनीले पछिल्लो सयम पूँजीबजारमा बढ्दै गइरहेको क्रेजलाई मध्यनजर गर्दै तीनवटा अफर सार्वजनिक गरेको हो । जसमा २ हजार रुपैयाँ तिरेर जीवनभर मेरो शेयर र डिम्याट खाता नविकरण गर्न सकिनेछ । यस अफरअन्तर्गत नयाँ तथा पुराना ग्राहकले ७९ दिनभित्र २ हजार रुपैयाँ तिरेमा जीन्दगीभर नविकरण गर्न नपर्ने क्यापिटलले जनाएको छ ।

त्यस्तै, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसको इन्ट्रि लोड फि मा समेत ७० प्रतिशत छुट रहेको छ । साथै क्यापिटलले २०७९ साललाई लक्षित गर्दै ल्याएको यस अफरमा २०७९ रुपैयाँ बराबरकै ९ जना भाग्यमानीलाई एनआइबिएल सहभागिता फण्डको इकाई दिने क्यापिटलले जनाएको छ ।

क्यापिटलले ल्याएको यस अफर वैशाख १ गतेदेखि असार १७ गतेसम्म मान्य हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*