लगातार दुई दिन घटेको शेयरबजार १३ अंकले बढ्यो, सबै उपसूचकमा छायो हरियाली

६ बैशाख २०७९, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन अर्थात् नयाँ वर्षको कारोबारको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन ४१ अंकले गिरावट आएको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको छ ।

लामो समयपश्चात् आज पूँजीबजारमा हरियाली छाउँदा नयाँ उत्साह थपिएको छ । आन नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा कायम भएको छ । गत वर्ष ३२ सय सम्मको इन्डेक्समा रहेको नेप्से परिसूचक त्यसयता क्रमशः घट्दै २२ सय सम्म पुगेको थियो ।

आज नेप्से शुन्य दशमलव ५७ प्रतिशले बढ्दो इन्डेक्स २३५७ विन्दुमा कायम हुन पुगेको छ । त्यस्तै, नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमा नै हाज हरियाली छाएको छ । आज सर्वाधिक बीमा समूहको बढेको छ । जीवन बमिा समूहको ९७.९४ रुपैयाँ र निर्जिबन बीमा समूहको ६२.४४ रुपैयाँले बढ्न पुगेको छ ।,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*