समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन
६ बैशाख २०७९, मंगलवार १३:४४
काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । लिलामी शेयरमा आवेदन दिन इच्छुक आवेदकले भोलि बैंकिङ् समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले चैत २९ गतेदेखि हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको होे । उक्त शेयरको न्यूनतम मूल्य रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । फाइनान्सको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।