कारोबारको पहिलो दिनमै ग्रीन भेन्चर्सको शेयरमा सर्किट

६ बैशाख २०७९, मंगलवार १२:२१

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ कारोबारमा आएको पहिलो दिनमै सकारात्मक सर्किट लागेको छ । साताको दोस्रो दिनबाट कारोबारमा आउनु पर्ने सो कम्पनीको शेयर प्रि–ओपनिङ्ग सेसनमा शेयर म्याचिङ नहुँदा कारोबारमा आएको थिएन ।

कम्पनीको शेयर आज प्रि–ओपनिङ सेसनमा प्रतिकित्ता २७१ रुपैयाँ १० पैसाबाट सुरु भएको थियो । शेयर बजार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर शेयरमूल्य २९८ रुपैयाँ २० पैसा पुगेको छ ।

उक्त कम्पनीको शेयरका लागि अत्यधिक माग रहेकाले सकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर ४५१ जनाले एक लाख ८० हजार ४३१ कित्ता शेयर माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*