महालक्ष्मी विकास बैंकको वित्तिय सूचकमा देखियो सुधार

६ बैशाख २०७९, मंगलवार ११:१४

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको वित्तिय सूचकमा सुधार देखिएको छ । यसअवधिमा खुद नाफा ७६।९८५ ले बढेर ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड ३६ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा सञ्चालन नाफा, अन्य सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।

साथै, बैंकको इम्पेरिमेन्ट चार्ज घटेकाले खुद नाफामा आकर्षक वृद्धि भएको हो । यसअवधिमा इम्पेरिमेन्ट चार्ज ९९।४२५ ले घटेर १५ लाख ७९ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसको इम्पेरिमेन्ट चार्ज२७ करोड ३२ लाख ४८ हजार रुपैयाँ थियो । सञ्चालन नाफा ८०।२५५ ले बढेर १ अर्ब ९८ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी १५।६४५ ले बढेर १ अर्ब ३४ करोड ९८ लाख ५० हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म महालक्ष्मी विकासको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ ७४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ०४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*