नबिल बैंकको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?

६ बैशाख २०७९, मंगलवार ११:०९

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्ममा आइपुग्दा नबिल बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ८।९१५ ले घटेर ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ ।  यसैअवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यसको सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यसले पनि नाफा प्रभावित भएको हो ।

सञ्चालन नाफा ८।७५५ ले घटेर ४ अर्ब ७८ करोड २४ लाख ९९ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ५ अर्ब २४ करोड ८ लाख ९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने २९।३०५ ले बढेर ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा खराब कर्जा ०।६६५ ले बढेर १।१४५ पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३९ पैसा छ । नबिल बैंकले नेपाल बंगलादेश ९एनबी० बैंकलाई गाभ्ने तयारी गरेको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*