सीवाईसी नेपाल लघुवित्तको आइपीओमा साढे १८ लाखको आवेदन
५ बैशाख २०७९, सोमबार १८:२८
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओमा २ अर्ब ११ करोड ५९ लाखको आवेदन परेको छ ।सीडीएसका अनुसार सोमबारका साँझ ५ः०९ बजेसम्ममा १८ लाख ६३ हजार ७९४ जनाले २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले वैशाख २ गतेबाट कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको हो । यो मध्ये ५% अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा मंगलबार (वैशाख ६ गते) सम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।