एलआईसी नेपालको चाबहिल शाखाद्वारा मृत्यु दाबी भुक्तानी

५ बैशाख २०७९, सोमबार १७:५८

काठमाडौं । एलआईसी नेपालको चाबहिल शाखाले मृत्यु बीमा दाबी  भुक्तानी गरेको छ । स्वर्गीय छेतेन शेर्पा को हकवाला भाइ पासाङ काजी शेर्पा लाई आज एक समारोहका बिच निजको निवास कपन काठमाडौ मा कम्पनी का तर्फबाट शाखा प्रबन्धक उमेश उप्रेती, एजेन्सी म्यानेजर लाक्पा सोना शेर्पा तथा अभिकर्ता डोमा शेर्पा को उपस्थित मा को चेक हस्तान्तरण गरिएको थियो ।

कमपनीले मृत्युस बीमा दाबी भुक्तानी वापत १० लाख ५६ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । स्वर्गीय शेर्पाले १० महिना पहिले साबधिक बिमा योजना लिएका थिए । उनको केही समय अगाडी आकस्मिक निधन भयको थियो। निज शेर्पाले पहिलो किस्ता बापत रकम कम्पनी मा बुझाएका थिए । उक्त कार्यक्रम मा शाखा प्रबन्ध उप्रेती ले बीमा मानिस को जीवनमा अपरिहार्य भएको र आ ( आफ्नो क्षमता अनुसार सबैले बिमा गर्नुपर्ने कुरा बताउनु भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*