नेप्सेमा थप ३ लाख ५९ हजार कित्ता बोनस शेयर सूचीकृत

५ बैशाख २०७९, सोमबार १६:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको साधारण शेयरबाट पारित भएको १३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका ३ लाख ५९ हजार ९४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*